सप्तरीमा जन्ती लिएर आएकाे जीपले ठक्कर दिँदा १ जनाकाे ज्यान गयाे

images
  • 76
    SHARES
  • आषाढ १३, २०७९ सोमबार
    सप्तरीमा जन्ती लिएर आएकाे जीपले ठक्कर दिँदा  १ जनाकाे ज्यान गयाे
    images

    सप्तरी –

    सप्तरीमा आज साेमवार जीपको ठक्करबाट एक जनाकाे ज्यान गएकाे छ । डाक्नेश्वरी नगरपालिका १ कबिलासाको भित्री सडक खण्डमा जन्ती लिएर आएको बा १८ च ९३९० नम्बरको जीप पछाडि गर्ने क्रममा ठक्कर दिँदा एक पैदलयात्रीकाे ज्यान गएकाे हाे ।

    Jeep_XNQ7RQGfiS.jpg

    ज्यान गुमाउनेमा त्यही ठाउँका ५० वर्षीय रघुवीर राम रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

    मृतककाे शवकाे पाेस्टमार्टम भएकाे र ठक्कर दिने जीपका चालकलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend