२४ घण्टामा ४१ जनामा काेराेना सङ्क्रमण

images
  • 105
    SHARES
  • आषाढ १३, २०७९ सोमबार
    २४ घण्टामा ४१ जनामा काेराेना सङ्क्रमण
    images

    काठमाण्डाै –

    पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार तीन सय ५८ जनाकाे नमुना परीक्षण गर्दा ४१ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

    health_ministry_Q7oL9vwXSl.jpg

    यही अवधिमा २० जना सङ्क्रमित निकाे भएका छन् ।  मन्त्रालयका अनुसार अहिले दुई सय आठ सय सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा काेराेना सङ्क्रमणबाट कसैकाे पनि ज्यान गएकाे छैन । 

    थप एक लाख २७ हजार सात सय ९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएकाे छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend