गाडी लुट्ने तीन भारतीय लुटेरा पक्राउ

images
  • 70
    SHARES
  • आषाढ १३, २०७९ सोमबार
    गाडी लुट्ने तीन भारतीय लुटेरा पक्राउ
    images

    कैलाली 

    कैलालीको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीसँग लिफ्ट माग्ने बहाना बनाइ बाँधेर कुटपिट गरि गाडी लुटेर लग्ने तीन जना भारतीयलाई पक्राउ गरिएको छ ।

    car-lutera_20220627193314.jpg

     

    पक्राउ पर्नेहरुमा २१ वर्षीय भगत सिंह, १७ वर्षीय साहिल बादलिसे र २० ववर्षीय सन्नी जेट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।तीनै जनालाई गोदावरी नगरपालिका–१ को जङ्गलबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गर्नु अघि प्रहरीले बेवारिसे अवस्थामा उनीहरु पक्राउ परेको नजिकै ०१–२३–च ६०२१ नम्बरको कार फेला पारेको थियो ।

    फोटो खिच्ने बाहानामा भण्डारीलाई कुटपिट गरी हातखुट्टा बाँधेर सडकबाट तल फालिएको थियो । र, मोबाइल र पैसासहित कार लुटेर भारतीय लुटेरा भागेका थिए । हाल भण्डारीको पद्मा अस्पताल गोदावरीमा उपचार भइरहेको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend