सुदूरपश्चिमबाट बुद्ध एअरको पहिलो उडान

images
  • 86
    SHARES
  • आषाढ १४, २०७९ मंगलबार
    सुदूरपश्चिमबाट बुद्ध एअरको पहिलो उडान
    images

    डोटी 

    निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एअरले आज मङ्गलवारदेखि सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको गेटा विमानस्थलबाट पहिलो उडान सुरु गरेको छ । 

    buddha_air_lkaELJgfGG.jpg

    निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले केही दिनअघि विमान सञ्चालक कम्पनीहरूले आफ्नो बेस लिएका ठाउँबाट पहिलो उडान भर्नुपर्ने निर्णय लागू गर्नुभएको थियो । त्यहीअनुसार बुद्ध एअरले गेटा विमानस्थलबाट आज बिहान काठमाण्डौका लागि पहिलो उडान भरेको हो ।

    आफ्ना सबै उडान काठमाण्डौबाट सञ्चालन गर्दै आएको बुद्धले आजदेखि धनगढी–काठमाण्डौ पहिलो उडान सुरु गरेको गेटा विमानस्थलमा रहेको नागरिक उड्डयन प्राधिकरणका प्रमुख रामकृष्ण भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार बुद्ध एअरले आज बिहान ६ बजेर १५ मिनेटमा धनगढीबाट उडान भर्ने तालिका तियो तर मौसमको खराबीका कारण ८ बजेर ९ मिनेटमा काठमाण्डौका लागि उडेको थियो । 

    बुद्धले गेटाबाट उडान भर्न सुरु गरेपछि यहाँका यात्रुलाई निकै सहज भएको छ । बुद्ध एअरको जहाजले अब हरेक दिन बिहान ६ बजेर १५ मिनेटमा धनगढीबाट काठमाण्डौका लागि उडान भर्ने भएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend