पाँच जना बिचौलिया पक्राउ

images
  • 116
    SHARES
  • आषाढ १४, २०७९ मंगलबार
    पाँच जना बिचौलिया पक्राउ
    images

    काठमाडौं 

    भेरी अस्पताल, नेपालगञ्जबाट पाँच जना बिचौलिया पक्राउ परेका छन्।अस्पतालमा आएका बिरामीलाई आफू अनुकूलको मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न लगाउने बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    Bheri-Hospital_20220628160232.jpg

     

    बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बिरामीलाई दुःख दिएको गुनासो आएपछि पाँच जनालाई नियन्त्रणमा लिएको जानकारी दिए।भेरी अस्पताल प्रशासनले नै बिचौलियाको बिगबिगी भएको भन्दै प्रहरीलाई अप्रेसन गर्न अनुरोध गरेको बुझिएको छ।अस्पतालमा बिचौलिया र चोरको बिगबिगी रहेको छ। 

    पछिल्लो समयमा भेरी अस्पताल परिसरबाट मोटरसाइकल हराउने क्रम बढेको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend