गैँडाको खाग तस्करी गर्ने पक्राउ

images
  • 82
    SHARES
  • आषाढ १४, २०७९ मंगलबार
    गैँडाको खाग तस्करी गर्ने पक्राउ
    images

    चितवन 

    गैँडाको शिकार गरी खागको खरिदरबिक्री तथा ओसारपसारमा संलग्न सागर प्रजा भनिने विन्दर सिंह प्रजालाई प्रहरीले पक्राउ गरेको छ । 

    taskari_rzYU0Wm4Wf_20220628164039.jpg

     

    चितवनको कालिका नगरपालिका वडा नं ११ साबिक सिद्दी गा. वि.स वडा नं ३, सैपाङ बासघारी घर भई हाल जिल्ला तनहुँ व्यास गाउँपालिका वडा नं ११, मुलपानी बस्ने ५२ वर्षीय प्रजालाई मकवानपुरको हेटौँडाबाट प्रहरीले पक्राउ गरेको हो । 

    उनी संरक्षित वन्यजन्तु गैँडा शिकार गरी त्यसको खाग राख्ने, खरिदरबिक्री तथा ओसारपसार गरेको मुद्दा लगायत अन्य मुद्दामा समेत प्रतिवादी भई फरार रहेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend