पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना पुष्टि

images
  • 109
    SHARES
  • आषाढ १४, २०७९ मंगलबार
    पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना  पुष्टि
    images

    काठमाण्डाै –

    पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार सात सय ९८ जनाको नमुना परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    health_ministry_Q7oL9vwXSl.jpg

    यही अवधिमा १७ जना निको भएसँगै अब नेपालमा दुई सय २९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । 

    थप एक लाख ३६ हजार नाै सय ९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend