मोटरसाईकल चोरेर बेच्ने र किन्ने दुवैजनालाई प्रहरीले पक्राउ गरे

images
  • 62
    SHARES
  • आषाढ १४, २०७९ मंगलबार
    मोटरसाईकल चोरेर बेच्ने  र किन्ने  दुवैजनालाई प्रहरीले   पक्राउ गरे
    images

    चितवन, १४ असार

    चोरीको मोटरसाईकल बेच्ने चितवन इच्छाकामनाका र किनेर प्रयोग गर्ने गोरखा शहिद लखन गाउँपालिकाका दुवैजनालाई प्रहरीले पक्राउ गरेको छ।

    1656424788-Wzlsk.jpg

    गोरखाको शहीदलखन गाउँपालिका ४ जुद्धिटार स्थित सडकमा सोही ठाउँका ३४ वर्षिय लोकबहादुर थापाले चलाईरहेको मोटरसाईकल चेकजाँच गर्दा चोरीको भन्नेपुष्टि भएको प्रहरीले जनाएको छ ।

    चेकजाँचको क्रममा बिलबुक नभएपछि प्रहरीले अनुसन्धान अघि बढाएको डिएसपी लिलाराज लामिछानेले बताए । उनले उक्त मोटरसाईकल चितवन इच्छाकामना गाउँपालिका वडा नम्बर ३ चुम्लिङटार बस्ने मनोज गुरुङ सँग खरिद गरेको बताएपछि प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएको हो ।

    उक्त मोटरसाईकल गत बैशाख ९ गते चितवनको खैरहनी नगरपालिका वडा नम्बर १ बाट हराएको खुल्न आएको डिएसपी लामिछानेले बताए । दुबै जनालाई इलाका प्रहरी कार्यालय खैरहनी पठाइएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend