महामन्त्री शर्मा : केरुङ–काठमाडौं रेलमार्ग सरकारले बनाउन सक्दैन

images
  • 55
    SHARES
  • आषाढ १५, २०७९ बुधबार
    महामन्त्री शर्मा : केरुङ–काठमाडौं रेलमार्ग सरकारले बनाउन सक्दैन
    images

    काठमाडौं 

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका छन। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरे । उनले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थता भन्नुपर्ने बताए।

    biswa-prakas-sharma_20210601084807.jpg

     

    महामन्त्री शर्माले नेपालले छिमेकी देश चीन र भारतलाई नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने तर लिजमा बाटो दिने र उपहार प्रोजेक्ट लिन चाहने प्रश्ताव राख्नुपर्ने बताए । नेपाल गरिब राष्ट्र भएकोले दुवै देशको व्यापारका लागि बाटो भाडामा उपलब्ध गराउने कुरा चीन र भारतलाई भन्नुपर्ने बताए ।

    महामन्त्री शर्माले नेपालले आफ्नो ढुकुटीको पैसा लगानी गरेर सहुलियत ऋणमा मेची–महाकाली रेल बनाउन सक्नेतर्फ ध्यान दिनुपर्ने बताए। अहिले केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्यन गरिरहेको भए पनि रेल कहाँबाट ल्याउने र सक्छौं, सक्दैनौं भन्ने आधार नै नरहेको बताए ।

    महामन्त्री शर्माल एउटै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित गर्न नसकेको भन्दै एउटाबाट दोस्रोमा जानुपर्ने बेलामा एकैपटक ४ वटामा प्रवेश गर्नु गलत भएको बताए । चुनावका लागि गरिने प्रतिवद्धतामा ध्यान दिनुपर्ने भन्दै चुनाव लागेकै कारण विमानस्थल बनाउँछु भनेर गलत सूचना दिन र गर्न नसकिने प्रतिवद्धता व्यक्त गर्नु नहुने उनले बताए ।

    महामन्त्री शर्माले गलत सूचनाको असर एमसीसीमा परेको बताए। डकुमेन्ट बनाउन मन्त्रीमण्डलमा बस्ने, छलफल, संवाद गर्नेहरूले दिएको गलत सूचनाका कारण पनि जनताहरू भड्किरहेकोले गलत सूचना प्रशारण गर्न नहुने उनको भनाइ छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend