चट्याङ लागेर हिजाे एकै दिन ७ जनाकाे ज्यान गयाे

images
  • 77
    SHARES
  • आषाढ १५, २०७९ बुधबार
    चट्याङ लागेर हिजाे एकै दिन ७ जनाकाे ज्यान गयाे
    images

    काठमाण्डाै 

    चट्याङ लागेर हिजो मङ्गलवार एकै दिन सात जनाको ज्यान गएको छ । रुपन्देही, नवलपरासी पश्चिम, बाग्लुङ, बाँके, पर्सा, धादिङ र कैलालीमा चट्याङ लागेर एक–एक जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

    uuuuuuutttrreeww.jpg

    यसैबीच बितेको साढे तीन महिनामा विपद्जन्य घटनाबाट ९५ जनाको ज्यान गएको छ । गएको वैशाख १ गतेदेखि आज बुधवार बिहान १० बजेसम्ममा ९५ जनाको ज्यान गएको हो । सबैभन्दा बढी चट्याङका कारण ३७ जनाको ज्यान गएको छ । यस्तै आगलागीबाट १८ जना, जनावरको आक्रमणबाट १२ जना, पहिरोमा परेर १० जना, हावाहुरीका कारण आठ जना, सर्पले टोकेर पाँच जना, बाढीका कारण तीन जना तथा भारी वर्षा र डढेलेका कारण एक–एक जनाको ज्यान गएको छ । 

    साढे तीन महिनामा आठ सय ९१ वटा विपद्जन्य घटना भएकोमा एक जना बेपत्ता र दुई सय चार जना घाइते भएका छन् । घटनामा एक हजार एक सय ५८ परिवार प्रभावित भएका छन् भने ५८ करोड ६७ लाख ८८ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend