एउटै नम्बर प्लेट भएको सक्कली मोटरसाइकल भेटियो, नक्कली खोज्दै प्रहरी

images
  • 73
    SHARES
  • आषाढ १५, २०७९ बुधबार
    एउटै नम्बर प्लेट भएको सक्कली मोटरसाइकल भेटियो, नक्कली खोज्दै प्रहरी
    images

    काठमाडौं,असार १५-

    एउटै नम्बरको दुई वटा मोटरसाइकल फेला परेपछि ट्राफिक प्रहरीले अनुसन्धान थालेको छ। बुधबार एउटै नम्बरको दुई वटा मोटरसाइकल एकैठाउँमा भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले अनुसन्धान थालेको हो

    same_number_bike_eegkCtAltV.webp

    तस्बिरमा दुबै मोटरसाइकलको नम्बर बागमती प्रदेश ०२-०२२ प २३८० लेखिएको देखिन्छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सञ्जीव शर्मा दासले सक्कली नम्बर भएको मोटरसाइकल फेला परेको तर नक्कली नम्बरको मोटरसाइकल भने खोजीकार्य भइरहेको जानकारी दिए।

    उनले भने,‘खोजीकार्य गरेपछि सक्कली नम्बरको बाइक फेला पारेका छौँ,नक्कली बाइकको खोजी भइरहेको छ।’

     

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend