मुख्यमन्त्री के. सी : विमलाको राजीनामा स्वकृति भयौ

images
  • 61
    SHARES
  • आषाढ १५, २०७९ बुधबार
    मुख्यमन्त्री  के. सी : विमलाको राजीनामा स्वकृति भयौ
    images

    बुटवल 

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के.सीले लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट दिएको राजीनामा स्वकृति गरिएको बताएका छन् । 

    kul-prasad-kc_20210902124548.jpg

     

    लुम्बिनी प्रदेश सभाको बैठकमा बोल्दै केसीले राज्यमन्त्रीवाट  १२ गते आएको राजीनामालाई स्वकृति गरिएको बताए । उनले १२  गते राजीनामा दिए पनि गुपचुप रूपमा राखिएको थियो आज बिहान एकाएक राजीनामा आएको  सूचना बाहिर आएको थियो ।

    जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो । छानबिन समितिले अझै प्रतिवेदन बुझाएको छैन । उक्त प्रतिवदने अगाडि नै उनको राजीनामा आएको छ । 

    पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ ख मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend