चपली सबस्टेशनको ट्रान्सफर्मर जल्दा बिजुली आपूर्तिमा समस्या, कुलमान घिसिङ 'फिल्ड' मा

images
  • 132
    SHARES
  • आषाढ १५, २०७९ बुधबार
    चपली सबस्टेशनको ट्रान्सफर्मर जल्दा बिजुली आपूर्तिमा समस्या, कुलमान घिसिङ 'फिल्ड' मा
    images

    काठमाण्डाै 

    काठमाण्डौको बूढानीलकण्ठ नगरपालिकामा रहेको चपली सबस्टेशनको एउटा पावर ट्रान्सफर्मर जल्दा आज बुधवार बिहानैदेखि बिजुली प्रवाह बन्द भएको छ । 

    290018486_359898279610858_7116977652292785511_n_MXJISDH32C.jpg

    सबस्टेशनमा रहेका १०/१० एमभीए क्षमताका तीन वटा ट्रान्सफर्मरमध्ये एउटा आज बिहान ५ बजे जल्दा टोखा, मण्डीखाटार, बाँसबारी, धापासी हाइट, बूढानीलकण्ठ, तारेभीर, झोरलगायतका क्षेत्रमा बिजुली आपूर्तिमा समस्या भएको छ ।

    चपली सबस्टेशन सञ्चालनमा नआउञ्जेल बालाजु र चाबहिल लाइनको बिजुली ल्याएर ८० प्रतिशत क्षेत्रमा वितरण गरिएको र २० प्रतिशत ठाउँमा बिहानैदेखि बिजुली नभएको महाराजगञ्ज वितरण केन्द्रका प्रमुख प्रज्वलमान श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । 

    जलेको ट्रान्फर्मरको ठाउँमा अर्को राख्न लागिएको र रातीसम्म काम सकिने उहाँले बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend