आमाको सम्झनामा वडाध्यक्ष पोख्रेलद्वारा विद्यालयमा कोष स्थापना

images
  • 112
    SHARES
  • आषाढ १५, २०७९ बुधबार
    आमाको सम्झनामा वडाध्यक्ष पोख्रेलद्वारा विद्यालयमा कोष स्थापना
    images

    प्युठान 

    प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर २ का अध्यक्ष कृष्णप्रसाद पोख्रेलले स्वर्गीय आमाको सम्झनामा बलभद्र माध्यमिक विद्यालयमा अक्षय कोषको स्थापना गर्नुभएको छ । 

    kosh_IfIpjztTwN.jpg

    स्वर्गीय आमा डीलकुमारी पोख्रेलको वार्षिक पुण्य तिथिको अवसरमा वडाध्यक्ष पोख्रेलले आफूले अध्ययन गरेको बलभद्र माविमा ५० हजार रुपैयाँको कोष स्थापना गर्नुभएको हो । 

    विद्यालयका प्रधानाध्यापक शेरबहादुर थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ पोख्रेललाई चेक हस्तान्तरण गर्दै पोख्रेलले अक्षयकोषमा रहने रकमबाट अभिभावकविहीन जेहेनदार विद्यार्थीको पढाइ सञ्चालन गरिने जानकारी दिनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend