६२ जनामा काेराेना सङ्क्रमण पुष्टि

images
  • 55
    SHARES
  • आषाढ १५, २०७९ बुधबार
    ६२ जनामा काेराेना  सङ्क्रमण  पुष्टि
    images

    काठमाण्डाै 

    पछिल्लाे २४ घण्टामा ६२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार ६ सय २० जनाको नमुना परीक्षण गर्दा ६२ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    coronavirus-corona-update_20200907143958.jpg

    यस्तै यही अवधिमा १९ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । अहिले नेपालमा दुई सय ६१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

    पछिल्लो २४ घण्टामा एक लाख ८४ हजार पाँच सय ५४ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend