नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ चढेको गाडी दुर्घटनामा

images
  • 88
    SHARES
  • आषाढ १६, २०७९ बिहीबार
    नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ चढेको गाडी दुर्घटनामा
    images

    काठमाडौं 

    नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ चढेको गाडी दुर्घटनामा परेको छ।

    dhanraj-gurung_20220630095703.jpg

     

    रामेछापको गोगनेमा आज बिहान उपसभापति गुरूङसहित पाँच जना सवार बा १९ च १८३९ नम्बरको स्कारपियो गाडी दुर्घटनामा परेको हो। गाडी सडक छाडेर छेउतर्फ गएको थियो। ढुंगाको ओट लागेर गाडी रोकिएको उपसभापति गुरूङले सेतोपाटीलाई बताए। कच्ची सडकमा गाडी अनियन्त्रित भएको थियो ।

    ‘ठूलो दुर्घटनाबाट जोगियो। बाटो चिप्लो भएका कारण गाडी सडक छेउबाट तल खस्न लागेको थियो। ढुंगाको ओट लाग्यो, हामी सबै जना सकुशल छौं,’ उपसभापति गुरूङले भने, ‘एक्साभेटर बोलाएर गाडी तान्ने तयारी छ।’ ओखलढुंगा गएका उपसभापति गुरूङसहितको टोली काठमाडौं फर्कने क्रममा दुर्घटनामा परेका थिए।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend