भारतले धौलीगङ्गाको बाँध खोलेपछि महाकाली नदी आसपासमा सतर्कता अपनाउन आग्रह

images
  • 64
    SHARES
  • आषाढ १६, २०७९ बिहीबार
    भारतले धौलीगङ्गाको बाँध खोलेपछि महाकाली नदी आसपासमा सतर्कता अपनाउन आग्रह
    images

    काठमाण्डाै

     भारतको तपोवन धार्चुलाको धौलीगङ्गा जलविद्युत् परियोजनाको ड्याम साइटका ढोका खोलेकाले महाकाली नदीमा पानीको सतह बढ्न सक्ने भन्दै आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    darchula_dYHeEzZxk7.jpg

    बिहान ५ बजेदेखि भारतले सिल्ट फ्लशिङ्ग गर्न भन्दै बाँधका ढोका खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

    अहिले खोलिएका बाँधका ढोका बेलुका ८ बजेसम्म खुला हुने पनि जिल्ला प्रशासन कार्यालय दार्चुलाले निकालेको सूचनामा उल्लेख छ ।

    भारतको पिथौरागढमा रहेको धौलीगङ्गा पावर स्टेशनले आज बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने जानकारी  जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको थियो । त्यही पत्र अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना निकालेको हो ।

    यस्तै, महाकाली जलाधारका केही ठाउँमा वर्षासमेत भएकाले नदीमा एक्कासी बहाव बढ्न सक्ने भएकाले सतर्क रहन प्रशासनको आग्रह छ।
     

     

    suchana_0TKKCU9gMZ.jpg

     

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend