प्रधानमन्त्री देउवा : मुलुकलाई विकासशील बनाउने हामी सबैको दायित्व हो

images
  • 68
    SHARES
  • आषाढ १६, २०७९ बिहीबार
    प्रधानमन्त्री देउवा : मुलुकलाई विकासशील बनाउने हामी सबैको दायित्व हो
    images

    काठमाडौं 

    प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउने अभियानमा रहेको बताएका छन् । यो अभियान सफल बनाउनु सबैको दायित्व रहेको पनि उनले बताएका छन् ।

    Sherbahadur-deuwa-1-1024x683_20220630122105.jpg

     

    ६४ औं संसद दिवसको अवसरमा आज संसद भवनको ल्होत्से हलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अहिले हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्था मार्फत मुलुकलाई समृद्ध बनाउने अभियानमा छौं । मुलुकलाई विकासशील बनाउने हामी सबैको दायित्व हो ।’

    २०१६ साल असार १६ गते पहिलो संसद बैठक बसेको र अहिले ६४ औं दिवस मनाउन पाउनु खुसीको विषय भएको उनले बताए । उनले जननिर्वाचित शासन व्यवस्थामा संसदीय व्यवस्था महत्वपूर्ण भएको बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend