एन्फा महासचिव राईसहित तीन सदस्यी टोली साफको कंग्रेसमा सहभागी हुने

images
  • 73
    SHARES
  • आषाढ १६, २०७९ बिहीबार
    एन्फा महासचिव राईसहित तीन सदस्यी टोली साफको कंग्रेसमा सहभागी हुने
    images

    काठमाडौं

    अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसहित तीन सदस्यीय टोली दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कंग्रेसमा सहभागी हुने भएकाे छ ।  

    bikas-narayan-shrestha-kiran-rai-and-sundar-narsingh-joshi_20220630121751.png

     

    एन्फाका अनुसार साफको साधारणसभामा महासचिव राईसँगै केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठ र न्युरोड टिम एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशी  बिहीबार बंगलादेशकाे राजधानी ढाका प्रस्थान गर्दैछन् । 

    ६ असारमा  सम्पन्न एन्फा निर्वाचनमा जोशी उपाध्यक्ष पदमा पराजित भएका थिए । पराजित भए पनि जोशीलाई साफ उपाध्यक्षमा नाम पठाउने एन्फाले निर्णय गरेको थियो । यसअघि अघिल्लो कार्यसमितिले तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाको नाम उपाध्यक्षमा पठाएको थियो । 

     

     

     

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend