मधेश प्रदेश सभाको बैठक आगामी असार २० गते बस्ने

images
  • 81
    SHARES
  • आषाढ १६, २०७९ बिहीबार
    मधेश प्रदेश सभाको बैठक आगामी असार २० गते बस्ने
    images

    जनकपुरधाम 

    मधेश प्रदेश सभाको बैठक आगामी असार २० गते बस्ने भएको छ । बैठक २० गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए ।

    pradesh-2-meeting.jpg

     

    असार १ गते बजेट प्रस्तुत गरेपछि प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो । प्रदेश सभा सचिवालयका सचिव यादवका अनुसार २० गतेको बैठकमा बजेटमाथि छलफल हुनेछ । केही विधेयकमा छलफलसमेत हुने उनले बताए ।

    १ असारमा अर्थमन्त्री शैलेन्द्र साहले आगामी आर्थिक बर्ष २०७९र८० का लागि रु ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend