नेपालमा कोभिड १९ संक्रमणदर फेरि बढ्यो

images
  • 93
    SHARES
  • आषाढ १६, २०७९ बिहीबार
    नेपालमा कोभिड १९ संक्रमणदर फेरि बढ्यो
    images

    काठमाडौँ 

    नेपालमा कोभिड १९ संक्रमणदर फेरि उकालो लागेको छ। केही समय अघिसम्म ०.५ भन्दा कममा झरेको संक्रमणदर हाल ६ प्रतिशतमा पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यो असार लागेपछि क्रमशः केही बढेको संक्रमितको संख्या यो हप्ता ह्वात्तै बढेको छ।

    Khop-Covid_20210917122002.jpg

    पछिल्लो केही दिनयता लुम्बिनी प्रदेशमा पर्ने भारतीय सीमा नाकामा धेरै संक्रमित देखिन थालेको बताउँछन् मन्त्रालयका सहप्रवक्ता तथा आपत्‌कालीन स्वास्थ्य व्यवस्थापन केन्द्र (एचईओसी) प्रमुख डा. समीर अधिकारी हाल भारतमा केही संक्रमितको संख्या बढेको हुँदा त्यसको असर विस्तारै यता पनि संक्रमितको संख्या बढेको उनले बताए। ‘केही दिनयता संक्रमणदर ह्वात्तै बढेको छ, ०.५ सम्म झरेको संक्रमणदर फेरि ६ प्रतिशतमा पुगेको छ। केही दिनयता सीमा नाकामा संक्रमितको संख्या धेरै देखिन थालेको छ’‚ डा. अधिकारीले भने।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend