११ लाख रुपैयाँ बराबरको धनमाल चोरी

images
  • 79
    SHARES
  • आषाढ १६, २०७९ बिहीबार
    ११ लाख रुपैयाँ बराबरको धनमाल चोरी
    images

    काठमाडौं 

    भक्तपुरमा घरबाट ११ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर डेरा गरी बस्ने पाँचथर थाङवरक गाउँपालिका–४ घर भएका ३५ वर्षीय ज्ञानबहादुर दाहालको कोठाबाट ११ लाख रुपैयाँ बराबरको विभिन्न सुनका गहना चोरी भएको हो ।

    Thiefchor16280707831653380690_20220630145749.jpg

    उनको कोठामा कोही नभएको अवस्थामा ढोकाको ताला फोडी दराजबाट सुनका विभिन्न गहना चोरी गरेको पाइएको छ ।प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend