कोरोना अपडेट: थप १८ जनामा संक्रमण पुष्टि, २७१ जना संक्रमणमुक्त

images
  • 209
    SHARES
  • चैत्र ११, २०७८ शुक्रबार
    कोरोना अपडेट: थप १८ जनामा संक्रमण पुष्टि, २७१ जना संक्रमणमुक्त
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ३४२ जनामा गरिएको नमूना परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २७१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने २४ घण्टामा कसैको मृत्यु भएन । 

    13.jpg

    मन्त्रालयका अनुसार अहिले देशभर १ हजार ९६० जना सक्रिय संक्रमित रहेका छन् भने ६४ हजार ३४७ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । अहिले निको हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend