कर्मचारी बोकेको अस्पतालको बस दुर्घटना हुँदा ३८ जना घाइते, एक जनाको मृत्यु

images
  • 92
    SHARES
  • आषाढ १६, २०७९ बिहीबार
    कर्मचारी बोकेको अस्पतालको बस दुर्घटना हुँदा ३८ जना घाइते, एक जनाको मृत्यु
    images

    काठमाडौँ  ।

    अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपाको कर्मचारी बोकेको बस दुर्घटनामा परेको छ। कर्मचारी बोकेर काठमाडौँ आउँदै गरेको बा १ क ५७४७ नम्बरको बस अस्पताल निजकैको भीरबाट खस्दा दुर्घटनामा परेको हो।

    accident_20220630195058.jpg

    काभ्रे प्रहरी प्रवक्ता एवं डिएसपी हरि खतिवडाका अनुसार ३८ जना घाइते भएका छन्। बसमा कति जना थिए भन्ने एकिन हुन सकेको छैन।लिककुमारी बस्नेतको मृत्युभएको उनले बताए।

     

    घटनामा ७ जनाको अवस्था गम्भीर रहेको छ। घटनास्थल पुगेका किरण देउवाका अनुसार बस सडकबाट करिब ३० मिटर तल पुगेको छ। घाइतेहरुको धुलिखेलकै शीरमेमोरियल र धुलिखेल अस्पतालमा उपचार भइरहेका छ। केही भने सामान्य उपचारपछि घर फर्किएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend