महाराष्ट्रकाे मुख्यमन्त्रीमा एकनाथ शिन्दे

images
  • 121
    SHARES
  • आषाढ १६, २०७९ बिहीबार
    महाराष्ट्रकाे मुख्यमन्त्रीमा एकनाथ शिन्दे
    images

     एजेन्सी

    भारतकाे महाराष्ट्रकाे मुख्यमन्त्रीमा शिवसेना विद्राेही समूहका नेता एकनाथ शिन्देले शपथ लिनुभएकाे छ । 

    eknath_shinde_pvBCIOsYMQ.jpg

    यसका साथै पूर्वमुख्यमन्त्री देवेन्द्र फडणवीसले उपमुख्यमन्त्री पदकाे शपथ लिनुभएकाे छ । यद्यपि यसअघि फडणवीसले आफू सरकारमा सहभागी नहुने बताउनुभएकाे थियाे । तर अन्तिममा उहाँले राजभवनमा पुगेर शपथ लिनुभएकाे हाे । 

    यसैबीच फडणवीसले आफ्नाे ट्विटर ह्यान्डलमा प्रामाणिक कार्यकर्ताकाे नाताले पार्टीकाे आदेश पालना गरेकाे लेख्नुभएकाे छ । 

    महाराष्ट्रमा राजनीतिक सङ्कटका बीच हिजाे बुधवार राति उद्धव ठाकरेले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकाे थियाे ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend