पहिलो खेलमा एनआरटीको फराकिलो हार

images
  • 83
    SHARES
  • आषाढ १७, २०७९ शुक्रबार
    पहिलो खेलमा एनआरटीको फराकिलो हार
    images

    काठमाडौं 

    टुवाङ याङ टेरुत (टिवाइटी) प्रतियोगिताको लागि मलेसियामा रहेको नेपालको सहिद स्मारक ‘ए’ डिभिजन टिम न्युरोड टिम (एनआरटी) ले पहिलो खेलमा इन्डोनेसियाको कारो युनाइटेड एफसीसँग ५-१ को फराकिलो हार बेहोरेको छ ।

    NRT-11-1024x7091656649505_20220701105256.jpg

     

    बिहीबार मलेसियाको पेनाङमा भएको खेलमा दोस्रो डिभिजनको कारोलाई जित दिलाउन गिलाङ प्रमुड्याले दुई गोल गर्दा फरेल अक्बर अलेसान्ड्रो, कार्डिनाटा तारिगन र मौलाना खालिदीले समान एक गोल गरे ।

    पहिलो हाफमै चार गोल बेहोरेको एनआरटीले दोस्रो हाफमा थप एक गोल खाँदा एक गोल फर्काएका थियो । एनआरटीका लागि विदेशी खेलाडी मेसुके ओलौमोउले एक गोल फर्काएका थिए ।

    एनआरटीले अब २ जुलाईमा पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्नेछ। एनआरटी ‘ए’ डिभिजन लिगको तयारीका लागि प्रि सिजन भ्रमण गएको हो । गत सिजन एनआरटी लिगमा तेस्रो भएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend