जसपा अध्यक्ष यादवले नयाँ मन्त्रीमा क–कसको नाम गरे सिफारिस ?

images
  • 69
    SHARES
  • आषाढ १७, २०७९ शुक्रबार
    जसपा अध्यक्ष यादवले नयाँ मन्त्रीमा क–कसको नाम गरे सिफारिस ?
    images

    काठमाडौं 

    जनता समाजवादी पार्टी विभाजन हुनुभन्दा अघि सहमतिमै मन्त्रीहरु पनि हेरफेर हुने भएका छन् ।

    Upendra-Yadab_20210616084200.jpg

     

    नयाँ मन्त्रीको लिस्ट पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई हिजो बिहीबार भेटेर बुझाइ सकेका छन् । अध्यक्ष यादवले प्रधानमन्त्री देउवालाई भेट्नुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए ।

    अध्यक्ष यादवले राजेन्द्र श्रेष्ठलाई हटाएर सामान्य प्रशासन मन्त्रीमा सुशीला श्रेठको नाम सिफारिस गरेका छन्। श्रेष्ठ पार्टीका वरिष्ठ नेता अशोक राईकी श्रीमती हुन्।

    उनको नाम पार्टीको समानुपातिक सूचीमा पनि राखिएको थियो। पार्टी विभाजन हुँदा अशोक राईको सहानुभूति लिन अध्यक्ष यादवले श्रेष्ठलाई मन्त्रीमा सिफारिस गरेको बुझिएको छ ।

    यस्तै डा. सूर्य नारायण यादवलाई वन तथा वातावरण मन्त्रीमा सिफारिश गरिएको छ। अध्यक्ष यादवले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो जीत सुनिश्चित पार्न उनको नाम सिफारिश गरेको बताइएको छ । डा. सुरेन्द्र यादवलाई कृषि तथा पशुपालन मन्त्रीमा, मोहम्मद इस्तियाक राईलाई भौतिक निर्माण तथा यातायात मन्त्रालयमा सिफारिश गरिएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend