इलाम नगरपालिका-१ मिलगोलाईमा सवारी दुर्घटना हुँदा ११ जना गम्भीर घाइते

images
  • 142
    SHARES
  • आषाढ १७, २०७९ शुक्रबार
    इलाम नगरपालिका-१ मिलगोलाईमा सवारी दुर्घटना हुँदा ११ जना गम्भीर घाइते
    images

    काठमाडाैँ 

      इलाम नगरपालिका-१ मिलगोलाईमा सवारी दुर्घटना हुँदा ११ जना गम्भीर घाइते भएका छन्। ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जिप मेची राजमार्गको इलाम–नेपालटार सडक खण्डमा दुर्घटना भएको हो।

    accident_Ib69lTnOTK_20220701170011.jpg

    अनियन्त्रित भई सवारी राजमार्गबाट अन्दाजी ३ सय मिटर तल पुवाखोला नजिकै झरेको प्रत्यक्षदर्शी निरज दाहालले बताए।घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि झापातर्फ रेफर गरिएको छ। अन्यको इलाम अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको नाम खुल्न बाँकी छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend