सांसद सुवाल : धेरै सम्पत्ति हुनेहरूकाे सूची सार्वजनिक गराैँ

images
  • 85
    SHARES
  • आषाढ १७, २०७९ शुक्रबार
    सांसद सुवाल : धेरै सम्पत्ति हुनेहरूकाे सूची सार्वजनिक गराैँ
    images

    काठमाण्डाै 

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले धेरै धन, सम्पत्ति हुने मान्छेहरूको नाम सार्वजनिक गर्नुपर्ने बताउनुभएकाे छ । आज शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’ मा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । 

    prem_suwal_w7LCzvGf0F.jpg

    सांसद सुवालले धनी र प्रतिष्ठित व्यक्तिको नाम सूची बनाएर सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले धनी मान्छेहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्छ । धनी मान्छेहरूको
    नाम प्रतिष्ठित व्यक्तिको नाममा सूची बनाएर सार्वजनिक गर्नुपर्छ । धनीको सूची प्रकाशित गरौँ ।’

    उहाँले उमेर भएका मान्छेहरूलाई सामाजिक सुरक्षा भत्ता सँगसँगै सीपमूलक तालिम दिएर स्वरोजगार बनाउनुपर्ने पनि बताउनुभयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend