भारतीय जङ्गलमा निहुराे टिप्न गएका बेला गाेली लाग्दा एक नेपालीकाे ज्यान गयाे

images
  • 247
    SHARES
  • आषाढ १७, २०७९ शुक्रबार
    भारतीय जङ्गलमा निहुराे टिप्न गएका बेला गाेली लाग्दा  एक नेपालीकाे ज्यान गयाे
    images

    बर्दिया 

    भारतीय जङ्गलमा निहुरो टिप्न गएका बेला गोली लाग्दा एक जना नेपालीको ज्यान गएको छ । 

    death_old_jMyvIgmyba.jpg

    बर्दियासँग जोडिएको भारतीय सिमाना मुर्तीहाको जङ्गलमा निहुरो टिप्न गएका गुलरिया नगरपालिका ३ का ५४ वर्षीय हेमराज गोडियामाथि गोली प्रहार हुँदा ज्यान गएको प्रहरीले जनाएको छ ।

    हिजो बिहीवार गोली लागेपछि भाग्दै घर नजिक  आइपुगेका घाइते गोडिया केहीबेरपछि बेहोस हुनुभएको थियो । होसमा आएपछि फोन गरी आफन्तलाई खबर गरी आफन्तले उपचारका लागि गुलरिया अस्पतालमा लगेका थिए । उपचारकै क्रममा उहाँको आज शुक्रवार ज्यान गएको हो । 

    भारतको वनरक्षकले गोली हानेको हुन सक्ने अनुमान गरिए पनि पुष्टि भएको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend