काम नलाग्ने नोट नष्ट गर्न पोखरामा 'बीएसबीएस' मेशिन

images
  • 70
    SHARES
  • आषाढ १७, २०७९ शुक्रबार
    काम नलाग्ने नोट नष्ट गर्न पोखरामा 'बीएसबीएस' मेशिन
    images

    कास्की 

    नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोट नष्ट गर्नका लागि पोखरामा बैंक नोट सेडिङ एन्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) मेशिन सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज शुक्रवार एक कार्यक्रमका 'स्विच अन' गरेर मेशिनकाे शुभारम्भ गर्नुभयो । 

    BDP_GANDAKI_GOVERNERADHIKARI_W5qcdAKnRr.jpg

    यसअघिसम्म आगोको प्रयोगबाट जलाएर नोट नष्ट गर्ने गरिएकाेमा अब भने बीएसबीएस मेशिनकाे माध्यमबाट नोट नष्ट गरिनेछ । नष्ट गरिएका नोटबाट ब्रिकेट उत्पादन हुने जनाइएको छ ।

    कार्यक्रममा गभर्नर अधिकारीले नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएकोे मेशिनका कारण वातावरणीय प्रदूषणमा पनि राहत पुग्ने बताउनुभयो । 

    बैंकको कार्यलाई आधुनिक एवम् प्रविधियुक्त बनाउनका लागि बीएसबीएस मेशिनको प्रयोग उपयोगी बन्ने उहाँले बताउनुभयो । यसअघि प्रचलनमा आउन अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकाेमा बीएसबीएस मेशिनको प्रयोगबाट त्यसलाई स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने कार्यक्रममा जानकारी गराइयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend