हत्या अभियोगमा एक जना पक्राउ

images
  • 115
    SHARES
  • आषाढ २०, २०७९ सोमबार
    हत्या अभियोगमा एक जना पक्राउ
    images

    काठमाडौँ 

    कमलामाई नगरपालिका-६ धुरा बस्ने सुमन विकको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    pakrau_20210128114110.jpg

     

    पक्राउ पर्नेमा घ्याङलेख गाउँपालिका-३ तामाजोर बस्ने ३५ वर्षीया मायारानी थिङ रहेका छन्। उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।सोही नगरपालिका-६ लोकतान्त्रीकचोक नजिक डाँफे होटल एण्ड लजमा दुई जनाबिच झै-झगडा हुँदा मायारानीले सुमन विकको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend