देवघाटमा स्वास्थ्य प्रवर्द्धन तथा जिवनशैली परिवर्तन कार्यक्रम सम्पन्न

images
  • 746
    SHARES
  • आषाढ २०, २०७९ सोमबार
    देवघाटमा स्वास्थ्य प्रवर्द्धन तथा जिवनशैली परिवर्तन कार्यक्रम सम्पन्न
    images
    देवघाट तनहुँ : असार २० करिस्मा गुरुङ
     
    तनहुँको देवघाट गाउँपालिकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँको आयोजनामा दुई दिने स्वास्थ्य प्रवद्वन तथा जिवनशैली परिवर्तन कार्यक्रम देवघाट गाउँपालिकाको सहभालमा सम्पन्न भएको छ ।
    290769766_779605646533958_3958129082743188407_n.jpg
     
     
    सो अवसरमा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले तालिमले जनसमुदायमा राम्रो प्रभाव दिनुका साथै सकारात्मक सोचको बिकास हुने बताउनुभयो। सोही कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले व्यायाम र योग मानव जीवनमा अति आवस्यक छ त्यसलाई निरन्तर दिन सम्पुर्णलाई आग्रह समेत गर्नुभयो।
     
    291501341_563870468561917_7318616748907138087_n.jpg
     
    कार्यक्रमको दोस्रो दिन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँको प्रमुख डा.राम प्रवोध मण्डलले कार्यक्रममा प्रशिक्षण दिनु भएको थियोे । उनले व्यायाम र योगले दैनिक जिवनशैलीमा धेरै परिवर्तन ल्याउन सकिन्छ भन्दै प्रशिक्षर्थीहरूमा अब बाट दैनिक व्यायम र योगाबाट आफ्नो दैनिकी सुरू गर्न आग्रह गरे ।
    290835020_5477728628958316_1037588117377982278_n.jpg
     
     
    व्यायाम र योग बिहान नियमित गर्न सकियो भने मान्छे पुर्ण तन्दुरुस्त हुनुका साथै निरोगी हुने समेत मण्डलले बताउनुभयो। उक्त कार्यक्रममा करिब ३५ जनाले सहभागीता रहेको थिए।
     
    uuuuuuuuuppl.jpg
    290619171_403298168263753_5423868977584271525_n.jpg
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend