गृहमन्त्री खाण काठमाडौंको सुरक्षा व्यवस्थाको जिम्मा संघीय प्रहरीलाई दिनुपर्छ

images
  • 157
    SHARES
  • आषाढ २१, २०७९ मंगलबार
    गृहमन्त्री खाण  काठमाडौंको सुरक्षा व्यवस्थाको जिम्मा संघीय प्रहरीलाई दिनुपर्छ
    images

    काठमाडौं 

    गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा संवेदनशीलता बढी भएका कारण काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थाको जिम्मा संघीय प्रहरीलाई दिनु पर्ने बताएका छन्  । राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी बिधेयकमाथिको छलफलमा मन्त्री खाणले प्रदेश प्रहरीको अधिकार कटौती गर्न नभई राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिन लागेको बताए । ‘सरकारले राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर यो व्यवस्था गरेको हो, प्रदेश प्रहरीको अधिकार कटौतीको मनसुवा होइन,’ उनले भने ।

    Balkrishna-Khand_20200520212231.jpg

     

    अन्तर्राष्ट्रिय परिदृश्य बदिलिइरहेका र सुरक्षा संवेदनशीलता पनि बढिरहेको भन्दै बैठकमा उनले भने, ‘सुरक्षासँग सम्बन्धित कतिपय नीति निर्णयको गोपनियता पनि राख्नु पर्छ र उपत्यकाको सुरक्षा संवेदनशीलतालाई गम्भीरतापूर्वक हेर्नुपर्छ ।’

    प्रहरी विधेयकमा उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीले गर्ने भनिएको छ । उपत्यकाको सुरक्षाको केन्द्रमा राख्ने प्रस्तावमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसद एकमत छन् । तर नेकपा माओवादी केन्द्रका सांसदले भने त्यसमा विरोध जनाएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend