गोली देखाई छिमेकी तर्साउने पक्राउ

images
  • 205
    SHARES
  • आषाढ २१, २०७९ मंगलबार
    गोली देखाई छिमेकी तर्साउने पक्राउ
    images

    ईलाम । 

    सूर्योदय नगरपालिका–९ ढोडे बस्ने ३५ वर्षीय जिवन राईलाई ७ राउण्ड गोलीसहित सोमबार प्रहरीले पक्राउ गरेको छ । राईले राईफलको गोली देखाई घर छरछिमेकीलाई समेत डरधम्की दिने गरेको भन्ने उजुरी परेपछि प्रहरीले उनको घरको तलासी लिएको थियो । 

    pakrau_20210128114110.jpg

     

    प्रहरीले चौकी फिक्कलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा सुत्ने कोठाको -याकको घर्रामा लुकाई राखेको अवस्थामा उक्त गोली बरामद गरी उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend