हिमा बस्नेतले लिइन प्रदेश सांसदको सपथ

images
  • 140
    SHARES
  • आषाढ २१, २०७९ मंगलबार
    हिमा बस्नेतले लिइन प्रदेश सांसदको सपथ
    images

    विराटनगर 

    नेकपा एमालेबाट प्रदेश १ को समानुपातिक सांसद मनोनित हिमा बस्नेत भट्टराईले सपथ ग्रहण गरेकी छन् । अल्पसंख्यक कोटामा समानुपातिक सांसद बेनकी गुलेफुन खातुनले सरकारी सहिछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि राजीनामा दिएकी थिइन् ।

    Hima-basnet-Bhattarai-ilam_20220705130114.jpg

     

    उनको स्थानमा नेकपा एमालेले खसआर्य कोटाकी बस्नेतलाई सांसद बनाएको हो । मंगलबार उनले  प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारी मार्फत सपथग्रहण गरेकी हुन् । प्रदेश सभाको कार्यकाल करिब चार महिना बाँकी छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend