जिल्ला प्रहरी कार्यालय तनहुँले आँबुखैरेनी बजारबाट १३ जना जुवाडे पक्राउ

images
  • 164
    SHARES
  • आषाढ २१, २०७९ मंगलबार
    जिल्ला प्रहरी कार्यालय तनहुँले आँबुखैरेनी बजारबाट १३ जना जुवाडे पक्राउ
    images

    आँबुखैरेनी, २१ असार 

    जिल्ला प्रहरी कार्यालय तनहुँले आँबुखैरेनी बजारबाट १३ जना जुवाडे पक्राउ गरेको छ । आँबुखैरेनी गाँउपालिका वडा नं ३ आँबुखैरेनी बजार स्थित ईलाका प्रहरी कार्यालयको आडैमा रहेको रीजोन.होटल एण्ड खाजाघरबाट जुवाडे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज खड्काले बताए । 

    1610715955-o0uHL.jpg

    कौडा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरिक्षक राजकुमार वि.क. कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । गएराती १२ बजे जुवाडेहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले १ लाख ८० हजार रुपैयाँ नगद समेत बरामद गरेको छ। पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको र जुवा ऐन अन्तर्गत मुद्दा दर्ता हुने जिल्ला प्रहरी कर्यालय तनहुँले जनाएको छ । इलाका प्रहरी कर्यालय आँबुखैरेनीको आडमा रहेको होटलमा नियमित रुपमा जुवा खेलाउने गरेको सुचना पाएपछि प्रहरी टोलीले छापा मारेको थियो । जुवा खेल्नेमा तनहुँ र गोरखा र चितवका रहेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend