चट्याङ लागेर प्युठानमा दुई बालकको ज्यान गयो : नौ जना घाइते

images
  • 117
    SHARES
  • आषाढ २१, २०७९ मंगलबार
    चट्याङ लागेर प्युठानमा दुई बालकको ज्यान गयो :  नौ जना घाइते
    images

    काठमाण्डाै 

    प्युठानको ऐरावती गाउँपालिका–६ बिजुलीकोटमा चट्याङ लागेर दुई बालकको ज्यान गएको छ । 

    thunder_td5wl8hCzI (1).jpg

    चट्याङ लागेर घाइते भएका स्थानीय ७ वर्षका रोमन परियार र १२ वर्षका किरण परियारको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । 

    उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको थियो । चट्याङ लागेर ऐरावती गाउँपालिका–६ का ५ जना र वडा नम्बर–१ दाङवाङ्गका ४ जना गरी ९ जना घाइते भएका छन् । 

    घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसवर्ष वैशाखयता ४३ जनाले चट्याङका कारण ज्यान गुमाएका छन् । 

    ७५ जना घाइते भएका राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend