आगामी आर्थिक वर्षको लागि नीति कार्यक्रम तथा बजेट बनाउँदै

images
  • 205
    SHARES
  • चैत्र १२, २०७८ शनिबार
    आगामी आर्थिक वर्षको लागि नीति कार्यक्रम तथा बजेट बनाउँदै
    images

    सुसीला श्रेष्ठ, काठमाडौँ, १२ चैत । जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानका कारणसरकार बजेट बनाउने तयारीमा लागेको छ । शिक्षा, स्वास्थ्य, विकास निर्माण, रोजगारी र उत्पादनको विषय बजेटको प्राथमिकता बन्ने गरेपनि यस पटक भने उत्पादन र स्वरोजगारलाई केन्द्रमा राखेर बजेट ल्याइनुपर्ने इलामका हेमन्त आचार्यले बताउनुभयो ।

    1622258999-pCCjC.jpg

    सरकारको लोकप्रियता बढाउन महत्वकाङ्क्षी बजेट नल्याइ नागरिकको जीवनस्तर उकास्न सहयोग पुग्ने कार्यक्रम सहितको बजेट ल्याउनुपर्ने राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष डा. गोविन्दराज पोखरेलले बताउनुभयो ।

    सरकारले यसपटक अधिकतम रूपमा नागरिकका सुझावलाई बजेटमा समेट्ने कोशिस भएको दाबी गरेको छ । जसका लागि सरोकारवालासँग छलफल सुरू भएको छ भने सुझाव सङ्कलनको काम भइरहेको छ ।

    बजेटका लागि मन्त्रालयहरूसँग नीतिगत छलफल सुरू भएको छ भने नागरिकले पनि सुझाव दिनसक्ने गरि टोल फ्रि नम्बर राख्ने तयारी पनि भएको अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले बताउनुभयो ।

    नागरिकले आगामी वर्षको बजेट उत्पादनमूलक, रोजगारमुखि, गरिबी हटाउने तथा जनजीविकाको सवालमा केन्द्रीत हुनेगरि ल्याउनुपर्नेमा जोड दिएका छन् ।  

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend