स्लो ओभर रेटले भारतको विश्व टेस्ट च्याम्पियनसिपमा दुई अंक गुम्यो

images
  • 197
    SHARES
  • आषाढ २२, २०७९ बुधबार
    स्लो ओभर रेटले भारतको विश्व टेस्ट च्याम्पियनसिपमा दुई अंक गुम्यो
    images

    काठमाडौं

    एजब्यास्टन टेस्टमा स्लो ओभर रेटका कारण भारतले विश्व टेस्ट च्याम्पियनसिपमा दुई अंक गुमाएको छ। भारत र इंग्ल्यान्डबीच खेलिएको पाँचौं टेस्टमा भारतले पराजय बेहोरेपछि सिरिज २–२ को बराबरीमा टुंगिएको थियो।  दोहोरो अंक घटेपछि भारतको हाल ५२.०८ प्रतिशत अंक छ, जुन पाकिस्तानको ५२.३८ भन्दा थोरै कम हो। योसँगै भारत अंक तालिकाको चौथो स्थानमा पुगेको छ।

    indiancricket1657092485_20220706134526.png

     

     अंक कटौतीसँगै भारतीय टोलीका सबै खेलाडीको ४० प्रतिशत म्याच फ्रि पनि काटिएको छ। स्लो ओभर रेटका कारण भारतको अंक घटेको यो सिरिजमा दोस्रो पटक हो। साथै, हालको विश्व टेस्ट च्याम्पियनसिपमा समग्रमा तेस्रो पटक भारतको अंक घटाइएको हो। 

    नटिङ्घम टेस्टमा भारतले दुई अंक गुमाएको थियो। यो जनवरीमा दक्षिण अफ्रिकाको सेन्चुरियनमा एक अंक कटौती भएको थियो। अहिलेसम्म भारतीय टोलीको कुल पाँच अंक कटाइएको छ।यस घटनाका कारण भारतीय टोलीलाई विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न कठिन भएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend