यूईएफए महिला युरोपियन च्याम्पियनसिप २०२२ बुधबारबाट इंग्ल्यान्डमा सुरु

images
  • 155
    SHARES
  • आषाढ २२, २०७९ बुधबार
    यूईएफए महिला युरोपियन च्याम्पियनसिप २०२२ बुधबारबाट इंग्ल्यान्डमा सुरु
    images

    काठमाडौं

     यूईएफए महिला युरोपियन च्याम्पियनसिप २०२२ बुधबारबाट इंग्ल्यान्डमा सुरु हुँदैछ ।

    eurowomen1657095998_20220706143505.jpg

     

    प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इंग्ल्यान्डले अष्ट्रियाको सामना गर्नेछ । खेल नेपाली समयअनुसार राति पौने १ बजे म्यान्चेष्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा सुरु हुनेछ । 

    चार समूहमा विभाजित प्रतियोगितामा १६ राष्ट्रको सहभागिता छ । समूह ‘ए’ मा इंग्ल्यान्ड, अष्ट्रिया, नर्वे र नर्दन आयरल्यान्ड छन् । यस्तै समूह ‘बी’मा स्पेन, जर्मनी, डेनमार्क र फिनल्यान्ड छन् । यता, समूह ‘सी’ मा स्विडेन, नेदरल्यान्ड, पोर्चुगल र स्विट्जरल्यान्ड छन् । समूह ‘डी मा फ्रान्स, इटाली, बेल्जियम र आइसल्यान्ड छन् । 

    प्रतियोगिताको उपाधि दावेदारको रुपमा नेदरल्यान्ड, घरेलु टोली इंग्ल्यान्ड र फ्रान्सलाई हेरिएको छ । फाइनल खेल ३१ जुलाईमा हुनेछ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend