अर्थमन्त्रीले बोल्न थालेपछि एमाले सांसदले गरे बैठक बहिष्कार

images
  • 134
    SHARES
  • आषाढ २२, २०७९ बुधबार
    अर्थमन्त्रीले बोल्न थालेपछि एमाले सांसदले गरे बैठक बहिष्कार
    images

    काठमाडौं 

    प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विशेष समय लिएर बोल्न थालेपछि नेकपा एमालेका सांसदले बैठक बहिष्कार गरेका छन् ।

    samsad-ma-birodh1_20211214141714.jpg

     

    सभामुख अग्निप्रसाद  सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्नका लागि समय उपलब्ध गराएसँगै एमालेका सांसदहरु बैठक कक्षबाट बाहिरिएका हुन् । त्यसअघि एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्रीका हैसियतले संसदमा सम्बोधन गर्न नमिल्ने बताएका थिए ।

    जसका विरुद्ध छानबिनका लागि संसदीय समिति बनेको छ, उसैले मन्त्रीको हैसियतमा संसदमा सम्बोधन गर्न नपाइने भट्टराईको भनाइ थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend