मगर विद्यार्थी संघ चितवनद्वारा जनप्रियका २३ विद्यार्थीलाई शैक्षिक सामग्री

images
  • 416
    SHARES
  • चैत्र १२, २०७८ शनिबार
    मगर विद्यार्थी संघ चितवनद्वारा जनप्रियका २३ विद्यार्थीलाई शैक्षिक सामग्री
    images

    काउले चितवन:२०७८ चैत १२ नेपाल मगर विद्यार्थी संघ चितवनले इच्छाकामना गाउँपालिकाको वडा नं. २ काउलेका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। शनिबार काउलेस्थित जनप्रिय माध्यमिक विद्यालय पुगेर ९ जना छात्रासहित २३ जना जेहेन्दार विद्यार्थीहरुलाई प्रति विद्यार्थी दुई दर्जन कापी र एक पोका कलमसहित झोला वितरण गरिएको कार्यक्रम संयोजक निर्मल थापामगरले जानकारी दिनुभएको थियो ।

    276041349_338441404779467_529491034376162433_n.jpg

    नेपाल मगर विधार्थी संघलाई बिस्तार गर्न आफु विभिन्न स्कुल कलेज गईरहदा जेहेन्दार विद्यार्थीहरु आर्थिक अभावका कारण पढ़ाई बाँट बन्चित भएको देखे पछि संघले २०७५ सालमा अक्षय कोष स्थापना गरेको थियो । आज सोही स्थापना गरेको अक्षय कोषबाट विद्यार्थीहरुलाई सहयोग गरिएको उनले उहाँले बताउनु भएको थियो। शिक्षा क्षेत्रबाट कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यले शैक्षिक क्षेत्रमा काम गर्दै आएको संयोजक मगरले बताए । देउसी भैलो खेलि संकलन गरिएको रक़म मा केहि सहयोग संकलन गरि करिब तीन लाख रूपैयाँको अक्षयकोष स्थापना गरिएको र भावी दिनहरुमा अझ फराकिलो बनाउने लक्ष्यका साथ अगाडी बढिरहेको उहाँले बताए भयो। अक्षयकोष स्थापना गरेपछि पहिलो पटक कार्यक्रम गर्न सफल भएको उनको भनाइ थियो ।

    276997898_336316688469596_2614396787800573573_n.jpg

    आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्यप्रति चिन्तित बन्दै शैक्षिक सामग्री सहयोग गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर गुरूङले आयोजकप्रति खुशी हुँदै धन्यवाद व्यक्त गर्नुभएको थियो ।

    277151035_515869139929853_3419649296983636032_n (1).jpg

    विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर अधिकारीले सहयोगी व्यक्ति एवम् संघ, संस्थाले नसक्नेलाई सहयोग गर्ने हो भने मानिसमा गरिबी भन्ने शब्द नै हटेर जाने उहाँले बताउनुभयो। शनिबार वितरण गरिएको शैक्षिक सामग्रीले जेहेन्दार विपन्न विद्यार्थीहरुका अभिभावकहरुलाई केही समयको लागि भए पनि राहत मिलेको उहाँले बताउनु भयो ।

    कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य गंगा मगर,बागमती प्रदेशका सञ्चार सचिव मिलन थापामगर,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष रमेश रानामगर चितवनका सचिव सजन मगर, नेपाल मगर बिधार्थी संघ चितवनका पूर्वअध्यक्ष ईश्वर रानामगर, दिल राना मगर लगाएतको सहभागी रहेकोे थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend