फेरि बढ्यो हवाई भाडा, धनगढी पुग्न १७ हजार २५ रुपैयाँ लाग्ने

images
  • 137
    SHARES
  • आषाढ २२, २०७९ बुधबार
    फेरि बढ्यो हवाई भाडा, धनगढी पुग्न १७ हजार २५ रुपैयाँ लाग्ने
    images

    काठमाडौं 

    नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो रुट धनगढीका लागि सबैभन्दा धेरै २२० रुपैयाँ बढेको छ ।

    domestic-airlines_20220305152641.jpg

     

    भाडा बढेसँगै अब काठमाडौंबाट धनगढी पुग्न अधिकतम १७ हजार २५ रुपैयाँ लाग्ने भएको छ । काठमाडौंबाट पर्वतीय उडानको भाडा १४ हजार ८९० रुपैयाँ पुगेको छ । यस रुटमा १७० रुपैयाँ बढेको छ । सबैभन्दा कम काठमाडौंबाट सिमराका लागि ४५ रुपैयाँ बढेको छ । यो रुटमा अब अधिकतम ४ हजार २४० रुपैयाँ भाडा लाग्ने भएको छ ।

    नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको थियो । अहिले हवाई इन्धनको मूल्य १८५ रुपैयाँ प्रतिलिटरबाट १९० रुपैयाँ पुगेको छ ।

    hawai-vada-suchi_20220706172355.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend