करिब सात करोड ६० लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलामीमा !

images
  • 284
    SHARES
  • आषाढ २२, २०७९ बुधबार
    करिब सात करोड ६० लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर  लिलामीमा !
    images

    एजेन्सी 

    करिब सात करोड ६० लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलाम हुने भएको छ । यसै महिना न्युयार्क महानगरमा त्यसको लिलामी हुने लिलामी गरिने लिलामगृह सोथेबीले घोषणा गरेको छ । 

    23TRexStan-videoSixteenByNine30001657106716_20220706171908.jpg

     

    करिब सात करोड ६० लाख वर्ष अगाडि पृथ्वीमा विचरण गरेको ठानिएको टि रेक्ट प्रजातिको डाइनोसरको  १० फिटो अग्लो २२ फिट लामो अस्थिपञ्जर आगामी साउन १२ गते लिलाम गरिने सोथेबीका प्रमुख क्यासान्ड्रा ह्याटनले बताएका छन् । 

    सोथेबीका प्रमुख ह्याटनका अनुसार उक्त कङ्काल ५० देखि ८० लाख अमेरिकी डलरमा लिलाम हुने अनुमान गरिएको छ । आफूले जीवनमा त्यस्तो अद्भूत वस्तुको लिलामी पहिलेपटक गर्न लागेको बताउँदै उनले डाइनोसरको एउटामात्र उक्त अस्थिपञ्जर निजी स्वामित्वका निम्ति लिलाम गरिने जनाए । उक्त अस्थिपञ्जर सन् २०१८ मा मोन्टाना नजिक जुडिथ नदीमा भेटिएको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend