तत्काल नयाँ अर्थमन्त्री प्रस्ताव गरिँदैन : नेता पुन

images
  • 206
    SHARES
  • आषाढ २२, २०७९ बुधबार
    तत्काल नयाँ अर्थमन्त्री प्रस्ताव गरिँदैन : नेता पुन
    images

    काठमाण्डाै 

    नेकपा (माओवादी केन्द्र) ले तत्कालै अरू कुनै पनि नेतालाई अर्थमन्त्रीमा प्रस्ताव नगर्ने सङ्केत गरेको छ । बजेट निर्माणको अघिल्लो दिन अर्थात् जेठ १४ गते मध्यरातमा अनधिकृत व्यक्तिको प्रवेश गरेको भनिएको विषयमा छानबिनका लागि प्रतिनिधि सभाले आज मात्रै विशेष संसदीय समिति गठन गरेको छ । त्याे समिति गठन भएलगत्तै प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएको घोषणा गर्नुभयो । 

    barshaman_pun_AsAdKeAEQo.jpg

    सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले तत्कालै कुनै पनि नेतालाई अर्थमन्त्रीमा नपठाइने बताउनुभयो । उहाँले छानबिन नसकिँदासम्म नयाँ अर्थमन्त्रीको प्रस्ताव नगरिने उल्लेख गर्नुभयो । प्रतिनिधि सभाले आज मात्रै ११ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई १० दिनको समयावधि दिइएको छ । 

    छानबिनपछि निर्दोष देखिएपछि नेता शर्माले नै पुनः अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्ने समेत नेता पुनको सङ्केत थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रश्न उठाउनु र दोषी करार हुनु फरक विषय भए पनि त्यसलाई एउटै हो भन्ने ढङ्गले प्रचार गरेकामा नेता पुनले आपत्ति जनाउनुभयो । उहाँले छानबिनअघि नै शर्मामाथि कारबाहीको माग गरेकाेमा समेत आपत्ति जनाउनुभयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend