तुइनबाट खसेर एक किशाेर महाकाली नदीमा बेपत्ता

images
  • 130
    SHARES
  • आषाढ २२, २०७९ बुधबार
    तुइनबाट खसेर एक किशाेर महाकाली नदीमा बेपत्ता
    images

    दार्चुला 

    दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङका सचिन बुढाथोकी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता हुनुभएको छ । 

    mahakali_flood_dITkr6WB5T.jpg

    १७ वर्षीय बुढाथाेकी भारतबाट घर आउने क्रममा तुइन चुडिएर नदीमा बेपत्ता हुनुभएकाे दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बेपत्ता हुनुभएका बुढाथोकीको प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रसाशन कार्यालय र स्थानीयवासीकाे टोलीले खोजी गरिरहेको छ । 

    डोरी के कारणले चुँडिएको हो भन्ने थाहा नभएकाले यसको अनुसन्धान गरिने डीएसपी अधिकारीले जानकारी दिनुभयाे । 

    गएको वर्ष पनि दार्चुलाकै सीमा क्षेत्रमा महाकाली नदीको तुइन भारतीय सुरक्षाकर्मीले काटिदिँदा एक नेपाली नागरिक बेपत्ता भएका थिए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend