महासचिव पोखरेल : एमालेलाई कसैले पनि कमजोर बनाउन सक्दैन

images
  • 136
    SHARES
  • आषाढ २२, २०७९ बुधबार
    महासचिव पोखरेल : एमालेलाई कसैले पनि कमजोर बनाउन सक्दैन
    images

    काठमाडौं 

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कसैले एमाले कमजोर बनाउने सोचेको भए त्यो सम्भव नभएको बताएका छन् । एमालेलाई घेराबन्दीमा पारेर गरिएको स्थानीय तहको चुनावले एमाले कमजोर नभएको पुष्टी गरेको उनको भनाइ छ ।

    Shankar_20220223153626.png

     

    एमाले जिल्ला कमिटी कैलालीले बुधबार धनगढीमा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै महासचिव पोखरेलले स्थानीय तहको चुनावबाटै एमालेलाई कसैले हराउन नसक्ने प्रमाणित भइसकेको बताए । उनले सत्तारुढ पाँच दलीय गठबन्धनले घेराबन्दी गरेर हराउन खोज्दा पनि एमालेले सबैभन्दा बढी ३४ प्रतिशत मत ल्याएको बताए । महासचिव पोखरेलले एमालेले गठबन्धनका कारण ८९ सिटमा हारे पनि जनताको मत जित्न सकेको बताए । उनले माधव, झलनाथ र वामदेव नहुँदा पनि एमालेको जीतमा फरक नपरेको चर्चा गरे ।

    महासचिव पोखरेलले नेकपा (एकीकृत समाजवादी) पार्टीकारुपमा चल्न नसक्ने पनि बताए । उनले अहिले पनि कम्युनिष्ट एकताको अनुहार एमाले भित्र रहेको चर्चा गर्दै त्यस्तो अवस्था माओवादी र एकीकृत समाजवादीमा नभएको बताए । काँग्रेसको सरकार छाडेर आए र विगतका कमजोरीमा गल्ती भएको महशुस गरे मात्र माओवादी र समाजवादीसँग चुनावी एकता हुनसक्ने उनको भनाइ थियो । संसद विघटन नेकपा भित्रैको संघर्षको कारण भएको पनि त्यसमा अध्यक्ष ओलीलाई मात्रै दोष दिन नमिल्ने  उनले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend