एकै दिन १ सय १३ जनामा काेराेना पुष्टि

images
  • 146
    SHARES
  • आषाढ २२, २०७९ बुधबार
    एकै दिन १ सय १३ जनामा काेराेना पुष्टि
    images

    काठमाण्डाै

     पछिल्लो २४ घण्टामा एक सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी दुई हजार सात सय २४ जनाको नमुना परीक्षण गर्दा एक सय १३ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    covid_corona_pcr_test_zcnXNIcrQm.png

    यही अवधिमा थप २० जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा करोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । अहिले नेपालमा चार सय ७१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

    यसैबीच पछिल्लो २४ घण्टामा ९४ हजार ४० जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएकाे छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend