हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरका लागि सम्झौता शुक्रबार हुने

images
  • 134
    SHARES
  • आषाढ २३, २०७९ बिहीबार
    हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरका लागि सम्झौता शुक्रबार हुने
    images

    काठमाडौँ 

     हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरका लागि सम्झौता शुक्रबार हुने भएको छ।

    Mereger-new_20220707113807.jpg

     

    दुई बैंकको सञ्चालक समितिको बैठकले मर्जर सम्झौतालाई अनुमोदन गरेसँगै औपचारिक मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर हुन लागेको हो।सिभिल बैंक स्रोतका अनुसार हिमालयनले प्रति सेयर ८१ रुपैयाँका दर पाउने भएको छ।

    इन्भेस्टमेन्टले भने मेगा बैंकलाई गाभ्ने सहमति गरिसकेको छ। राष्ट्र बैंकले हिमालयनलाई एक वर्षको समय दिँदै अर्को वाणिज्य बैंकसँग मर्जर हुन निर्देशन दिएको थियो।मर्जरका लागि भएको प्रारम्भिक सहमतिअनुसार नयाँ बैंकमा सिभिल बैंकबाट कोही पनि सञ्चालक बन्ने छैनन्।

    प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणाले नै निरन्तरता पाउने भएका छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend